नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन एमालेकाे माग
काठमाडाैं, असार २३ : नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग गरेका छन्।राष्ट्रियसभाको बिहीबारको विशेष समयमा...
काठमाडाैं, असार २३ : नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको विशेष समयमा उनले उक्त विधेयक बनाउन दुई वर्षसम्म करोडौंको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको भन्दै निर्णय सच्चाउन सरकारको ध्यानाकर्षण गराए।
मधेशमा जन्मसिद्ध नागरिकता पाउन ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको भन्दै उनले अहिलको बिधेयकलाई नै छिटो पारित गर्नुपर्ने बताए।
त्यस्तै उहाले खेतीपातीको समयमा समेत मल उपलव्ध गराउन नसकेको भन्दै आपत्ति जनाए। उनले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिनु सकारात्मक भएको समेत बताए।
बैठकको विशेष समयमा सांसद उर्मिला अर्यालले अर्थमन्त्रीमाथि उठेका प्रश्नका बारेमा छानबिन समितिले सत्य अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।
सांसद सुमित्रा बिसीले अर्थमन्त्रीले तीन महिनासम्म राख्नपर्ने सिसीटिभी फुटेजलाई १३ दिनमै हटाएकोप्रति आपत्ति जनाए।











