Kathmandu Press

एमसीसीबारे प्रचण्डले भने- संघ र प्रदेशको चुनावपछि छलफल गरेर किनारा लगाऔं

आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकको एजेन्डामा एमसीसी नपरेपछि केही केन्द्रीय सदस्यहरुले यसबारे प्रश्न गरेका थिए। बिहीबारको बैठकमा जवाफ दिँदै प्रचण्डले एमसीसीका विषयमा संघ र प्रदेशको निर्वाचनपछि मात्रै छलफल गर्ने बताएका छन् ।
एमसीसीबारे प्रचण्डले भने- संघ र प्रदेशको चुनावपछि छलफल गरेर किनारा लगाऔं

काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा छलफल नहुने भएको छ । व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट एमसीसी पारित भएसँगै माओवादी केन्द्रका शीर्ष नेताहरुले विरोध जनाएका थिए । 

नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणी पोखरेल लगायतका नेताहरुले एमसीसी पास गरिएको भन्दै अध्यक्ष प्रचण्डको विरोध गरेका थिए । चर्को विरोध भएपछि प्रचण्डले स्थानीय तह निर्वाचनपछि बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा वृहत छलफल गर्ने आश्वासन दिएका थिए। 

तर आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकको एजेन्डामा एमसीसी नपरेपछि केही केन्द्रीय सदस्यहरुले यसबारे प्रश्न गरेका थिए। बिहीबारको बैठकमा जवाफ दिँदै प्रचण्डले एमसीसीका विषयमा संघ र प्रदेशको निर्वाचनपछि मात्रै छलफल गर्ने बताएका छन् ।

‘निर्वाचन नजिक आइसकेका र लगत्तै विशेष महाधिवेशन गरिन लागिएकोले एमसिसीका विषयमा चुनावपछि मात्रै छलफल गरेर किनारा लगाउने भन्नुभएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। 

प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित सदनबाट पास भएका कारण एमसिसी राष्ट्रघाती सम्झौता नभएको दाबी गरेका छन्। 


 

 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्