साझा यातायातले सञ्चालनमा ल्यायाे नयाँ विद्युतीय बस (तस्बिरहरू)
काठमाडाैं, असार २३ : साझा यातायातले बिहीबारदेखि नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।चीनबाट पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस बिहीबारबाट सञ्चालमा आएका हुन्।साझाका...
काठमाडाैं, असार २३ : साझा यातायातले बिहीबारदेखि नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
चीनबाट पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस बिहीबारबाट सञ्चालमा आएका हुन्।
साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरे।
विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ।
साझाका तीनवटै बसमा चालक र परिचालक महिला छन्। अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशै अघि सेवा सुरु हुने बताइएको छ।
साझा यातायातले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।












प्रकाशित मिति: १३:१० बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











