माओवादीको केन्द्रीय समिति बैठक जारी, सहमतिमै पदाधिकारी टुंगाे लगाउने तयारी
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । दुई दिन स्थगित भएर बिहीबार बैठक बसेको हो। बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुले...
काठमाडौं, असार २३ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । दुई दिन स्थगित भएर बिहीबार बैठक बसेको हो।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुले राखेको धारणामा अध्यक्ष प्रचण्डले जवाफ दिइरहेका छन् ।
आजको बैठकले पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो टुंगो लगाउने कार्यसूची छ। पदाधिकारीको टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको छ । प्रचण्ड पनि पदाधिकारी र बाँकी कमिटी सहमतिबाटै टुंगो लगाउने पक्षमा छन् । केन्द्रीय समितिको बैठकमा उनले निर्वाचनभन्दा सहमति गरेरै अगाडि बढ्नुपर्ने प्रस्ताव रोखेका थिए।
प्रचण्डको प्रस्तावमा केन्द्रीय समितिका सदस्यहरुले पनि सहमिति जनाएका छन्। सहमतिमै पदाधिकारी र बाँकी कमिटीलाई पूर्णता दिनका लागि प्रचण्डले लगातार पार्टीभित्र आन्तरिक छलफल गरिरहेका थिए। बिहीबारको केन्द्रीय समिति बेठक बस्नुअघि खुमलटारमा पूर्व स्थायी कमिटीका नेताहरुसँगको बैठकमा पनि सहमतिमै टुगो लगाउने बारे छलफल भएको थियो।
एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले आजै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोमा हुने नेताहरुको नाम प्रस्ताव गर्नेछन् ।











