रोपाइँका क्रममा चट्याङ पर्दा १४ जना घाइते

भरतपुर, असार २३ : चितवनको कालिका नगरपालिकामा रोपाइँ गर्ने क्रममा चट्याङ पर्दा १४ जना घाइते भएका छन्।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु नजिकै रहेको जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङ पर्दा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य नौ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ।
प्रकाशित मिति: ०७:३४ बजे, बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











