Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न २२ निर्णय 

काठमाडौं, असार २२ : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ ।मन्त्रिपरिषद्ले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न २२ निर्णय 

काठमाडौं, असार २२ : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निर्णय गरेको बुधबार सरकारका प्रवक्तासमेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

अरु के-के भए निर्णय ? 

मिति २०७९ असार २४ गते देखि २६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रि–फाउण्डिङ द फिउचर’ विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाई सहभागि हुन स्वीकृत प्रदान गर्ने।

संयुक्त राष्ट्र संघको आयोजनामा वि.स २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम २९ देखि ३१ सम्म आयोजना हुने मिनिस्टेरियल सेग्मेण्ट र साउनमा हुने हाइलेभल सेग्मेण्टमा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने।

खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

नेपाल प्रहरीमा क्षमता विकास सहितको साइवर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने।

हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान साहयता स्वीकार गर्ने।

हरित तथा नविकरणीय उर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने ।

पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयता सम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।

विभूषणका सदस्यमा रहनु भएका अन्य सदस्य यतावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगितकार श्री शम्भुजित बास्कोटालाई विभूषण समितिको सदस्य तोक्ने।

नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने।

सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने।

प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने।

विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिवी परिवारको सूची सूचिकृत सूची स्वीकृत गर्ने।

राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालिका सम्बन्धि नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक श्री मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बाल परिषद्को उपाध्यक्ष तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गर्ने।

वागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरेस्थित शतनचुली सामुदायीक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने।

कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने।

भाषा आयोगको पदमा डा. अमरराज गिरी,प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने,मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने।

विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने।

नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा श्री रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा श्री गोर्कणप्रसाद सिटौलालाई नियुक्त गर्ने।

नेपाल प्रशासन सेवा सामुहीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गर्ने।

नेपाल कृषि तथा वन सेवा सामुहीकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई बढुवा गर्ने।

नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा.संगीता कौसल मिश्रलाई बढुवा गर्ने।

हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने।

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिका २०७९ स्वीकृत गर्ने।
 

प्रकाशित मिति: २०:१९ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्