आगामी निर्वाचनमा पार्टीले भाग नलिने विप्लवको घोषणा
काठमाडौं, असार २२ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने घोषणा गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित...
काठमाडौं, असार २२ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासंग संगै रहने र निर्वाचनमा भने भाग नलिने घोषणा गरेका हुन् । उनले जनताका मुद्धाहरुलाई अघि बढाउनका लािग क्रान्तिकारी मोर्चाको बिषयमा छलफल गर्ने बताए ।
त्यस्तै उनले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिए । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाई छ ।
उनले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे । उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाए ।
राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केहि नेताले भन्ने गरेको आफुले सुनेको भन्दै उहाले देशहित बिपरित काम गर्नेलाई प्रतिवन्ध नै लगाउने जिकिर गरे । विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ती नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे ।








![नागपञ्चमीमा नागपोखरीमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_35e97f29-1786951596.jpg)


