अब धनगढी पुग्न १७ हजार २५ रुपैयाँ भाडा
काठमाडौं, असार २२ : वायुसेवा कम्पनीले हवाई भाडा पुनः वृद्धि गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई...
काठमाडौं, असार २२ : वायुसेवा कम्पनीले हवाई भाडा पुनः वृद्धि गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।
वायुसेवा सञ्चालक संघले दिएको जानकारीअनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा धनगढीचल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ । त्यसैगरी काठमाडौंदेखि विराटनगरसम्म पुग्नका लागि अब १० हजार २०५ रुपैयाँ लाग्नेछ ।
त्यस्तैगरी भरतपुरका लागि चार हजार ९९०, जनकपुरका लागि पाँचहजार ८६० रुपैयाँ लाग्नेछ । पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ ।
नेपालगन्जका लागि १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारका लागि ८ हजार २०५ रुपैयाँ तय गरिएको छ भने सिमराका लागि ४ हजार २४० रुपैयाँ तय भएको छ । यस्तै सुर्खेतका लागि १४ हजार ९९५ र राजविराजका लागि ८ हजार ७५५ रुपैयाँ कायम गरिएको छ ।











