‘नेपाल आइडल–लाइभ इन सिड्नी’
सिडनी, माघ २५ : नेपाली रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता रबि ओडसहित टप ६ गायक गायिका अहिले सिड्नी आइपुगेका छन् ।
....

सिडनी, माघ २५ : नेपाली रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता रबि ओडसहित टप ६ गायक गायिका अहिले सिड्नी आइपुगेका छन् ।
शुक्रबार सिड्नीको लिभरपूल स्ट्रिटस्थित सार्क होटलको स्पेस नाइट क्लबमा ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ हुदैछ ।
सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले भने “अन्य शहरको तुलनामा सिड्नीमा आफूहरूले दर्शकको माया धेरै पाउनेमा ढुक्क छु ।”
उक्त्त कार्यक्रममा आफ्नो उत्प्रेणाको स्रोतबारे बोल्दै रवि ओडलगायत विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बरालले आफनो परिवारलाइ नै आफनो उत्प्रेणा रहेको बताए भने पवन गिरीले गहभरी आँशु झार्दै भने, “प्रेरणाको स्रोत चाँही आफु स्वयमकै संघर्ष हो ।’
कार्यक्रममा नेपाल आइडलकी सञ्चालिका रीमा बिश्वकर्माले जनताको मञ्चबाट उठेका र मनबाट रोजिएका यि कलाकारहरू आफैंमा परिस्कृत भइसकेको बताउँदै आफू पनि सिड्नीको दर्शकसँग साक्षात्कार गर्न निकै आतुर रहेको बताइन् ।
त्यसैगरी, नेपाली टचका संयोजक राजकुमार गोस्वामीले नेपाल आइडलका लागि बिदेशबाट साथ दिने साक्षात्कार गर्ने अवसरका रुपमा नेपाली टचले भूमिका निर्वाह गरेको बताए भने नेपाली टचका फाउण्डर दिपेश पुनले सबै दर्शकको माया र ममताको आवश्यकता रहेको र आफुहरुले समर्थकको साथ पाउने पनि बताए ।
मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसका संचालक बद्री अर्यालले नेपाली कला, साहित्य अनि भाषाको जर्गेना गर्ने बिषयमा एक्सपर्ट सँधै अगाडि रहेको बताए ।
नेपाली टचको आयोजानामा हुने सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिस गरिरहेको छ ।
कार्यक्रममा १८ बर्ष माथिका मात्र सहभागी हुन सक्नेछन् । कार्यक्रमको टिकेटका लागि टिकेट प्लसबाट खरिद गर्न सकिने छ । कार्यक्रमको कम्युनिकेसन पार्टनरमा एक्सपर्ट टेलिकम रहेको छ भने कार्यक्रमलाइ एभरेष्ट कम्युनिकेसन तथा एडभान्स कलेज अफ हेल्थले सहयोग पुर्याएको छ ।
कार्यक्रमको भिजा पार्टनरमा इपि एजुकेसन अस्ट्रेलिया, ट्राभल पार्टनरमा बुद्ध ट्राभल एंड टुर्स, हस्पिटालिटी पार्टनरमा इन्द्रेणी फंग्सन सेन्टर तथा लिगल पार्टनरमा डीयम लिगल रहेको आयोजकले जानकारी गराएको छ ।
कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छन् ।
अष्ट्रेलियाका पर्थ, ब्रिसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रम हुँदै उनीहरु कोरियामा कार्यक्रम सकेर सिडनी आइपुगेका हुन् । नेपाल टचले यसअघि पनि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलिया कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।












