Kathmandu Press

संसदीय छानबिन समितिले छिटै काम थाल्छ : लक्ष्मणलाल कर्ण

काठमाडाैं, असार २२ : लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसदले गठन गरेको छानबिन समितिले छिटै काम सुरु गर्ने बताएका छन्।संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै...
संसदीय छानबिन समितिले छिटै काम थाल्छ : लक्ष्मणलाल कर्ण

काठमाडाैं, असार २२ : लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसदले गठन गरेको छानबिन समितिले छिटै काम सुरु गर्ने बताएका छन्।

संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै छानबिन समितिका सदस्य समेत रहेका कर्णले संसदीय छानबिन विशेष समितिको संयोजक तोकेर छिटै काम सुरु गर्ने र तोकिएको समयभित्रै प्रतिवेदन दिने बताएका हुन्।

कर्णले संसदीय परम्परामा सबैभन्दा ठुलो समिति नै संसदीय समिति हुने भएकाले समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने तर्क गरे।

उनले छानविन समिति बनाएपछि मन्त्रीलाई पदमा रहन नमिल्ने भएकाले राजीनामा आएको हुन सक्ने धारणा राखे। 

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्