Kathmandu Press

कोरोना संक्रमण बढ्दाे, एकै दिन थपिए ११३ संक्रमित

मंगलबार ९० जना संक्रमित थपिँदा साेमबार, आइतबार र शनिबार क्रमशः ४०, ५३ र ४४ जना संक्रमित थपिएका थिए। 
कोरोना संक्रमण बढ्दाे, एकै दिन थपिए ११३ संक्रमित

काठमाडाैं, असार २२ : नेपालमा थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ९० जना र १ हजार १ सय ७५  एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ७५ जना निको भएका छन्।

हाल नेपालमा ४ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनमा संक्रमितकाे संख्या बढिरहेकाे छ। मंगलबार ९० जना संक्रमित थपिँदा साेमबार, आइतबार र शनिबार क्रमशः ४०, ५३ र ४४ जना संक्रमित थपिएका थिए। 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्