निर्दोष साबित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : पुन
काठमाडौं, असार २२ : नेकपा माओवादी केन्दका नेता वर्षमान पुन अनन्तले माओवादी केन्द्रबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताएका छन् । बुधबार संसद भवनबाट...
काठमाडौं, असार २२ : नेकपा माओवादी केन्दका नेता वर्षमान पुन अनन्तले माओवादी केन्द्रबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताएका छन् । बुधबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा पुनले यस्तो बताएका हुन्।
उनले निर्दोष सावित भएपछि जनार्दन शर्मा नै मन्त्रालयमा फर्कने बताएका छन् । जनार्दन शर्माले बुधबार नै संसदमा अर्थमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए । उनको राजीनामापछि माओवादी केन्द्र अथवा नेपाली कांग्रेसले नयाँ अर्थमन्त्री पठाउने आकलन भइरहँदा माओवादी केन्द्रबाट यस्तो प्रतिक्रिया आएको हो।
शर्माले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका थिए । उक्त अभिव्यक्तिको समर्थन गर्दै नेता पुनले पनि शर्मामाथि राजनीतिक पूर्वाग्रह राखेर यस्तो आरोप लगाइएको बताएका छन् । यस सम्बन्धमा संसदीय विशेष छानविन समितिले सत्यतथ्य पत्ता लगाउने र निर्दोष सावित भएलगत्तै शर्मा नै पुनः अर्थमन्त्री बन्ने बताएका हुन्।
उनले जनार्दन शर्माले उच्च नैतिकता देखाएर पदबाट राजीनामा दिएको पनि बताए ।











