Kathmandu Press

प्रदेश र संघको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न सिफारिस

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकैचरणमा गर्न सिफारिस गरेको हो।
प्रदेश र संघको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न सिफारिस

काठमाडौं, असार २२ : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते सरकारलाई सिफारिस गरेको छ।  

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकैचरणमा गर्न सिफारिस गरेको हो। 

आयोगले निर्वाचन तयारीका लागि समय पुग्ने गरी निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आयोगलाई निर्वाचनको तयारीका लागि कम्तिमा पनि १२० दिन लाग्ने हुँदा सोही अनुसार मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको हो।  

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ। 

प्रकाशित मिति: १७:०१ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्