Kathmandu Press

राजीनामाअघि शर्माले भने– अर्थतन्त्र जोगाएर अघि बढ्ने निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ ? 

काठमाडौं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गरेको र त्यसलाई राष्ट्रघाट भन्न नमिल्ने बताए।आजको प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन...
राजीनामाअघि शर्माले भने– अर्थतन्त्र जोगाएर अघि बढ्ने निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ ? 

काठमाडौं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गरेको र त्यसलाई राष्ट्रघात भन्न नमिल्ने बताए।

आजको प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन गठनपछि सभामुख सापकोटाले बोल्न समय दिएपछि अर्थमन्त्री शर्माले संसद्को रोस्ट्रममा उभिएर उनले भने, ‘अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ?’

उनले विद्युतीय गाडीमा लगाएको करबारे प्रश्न उठाएको भन्दै आफूले डलर सञ्चिति घटिरहेका बेला बढी मूल्य पर्नेमा कर बढाएको बताए। ‘पेट्रोलियम गाडीको भन्दा एकतिहाइ कम तोकिएको उनको भनाइ थियो। 

शर्माले प्रतिपक्षी एमालेलाई लक्षित गर्दै ‘आयात प्रतिस्थापन गर्ने नीति बजेटले लिँदा राष्ट्रघात हुने हो?’ भन्दै प्रश्न गरे। उनले छानबिन समितिले तथ्य बाहिर ल्याउने आफू विश्वस्त रहेको बताए। 

उनले उनले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताए। संसदमा बाेल्ने क्रममा ‘सिसिटिभीको क्षमता कति हुन्छ भनेर अर्थमन्त्रीलाई थाहा नहुने भनेर प्रतिपक्षी नेकपा एमालेलाई उनले जवाफ दिएका हुन्।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर परिवर्तन गराएको आरोप लागिरहँदा, सिसिटिभी फुटेज माग हुँदा मेटिएको भनेर जवाफ दिँदा चौतर्फी विरोध भइरहेका बेला उनले ‘सिसिटिभीको क्षमता कति हुन्छ?’ भनेर प्रश्न उठाएका हुन्।

उनले भने, ‘सिसिटिभीको क्षमता कति छ भनेर मैले कसरी जान्न सक्छु?’ उभिएर भने, ‘सिसिटिभीको क्षमता जति थियो, त्यो त्यही सुरक्षित छ। एउटा मन्त्रीले सिसिटिभीको क्षमताबारे जानकारी राख्ने होइन होला।’ 

सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरे। तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको र करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको उनले बताए।

आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको स्पष्टीकरणा दिएकाे बताए।

अर्थमन्त्री शर्माले राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको बताउँदै उनले छानबिन गर्न चुनौती दिए। आफूले संसदमा बोल्न नपाउने नैतिकता नगुमाएकाे दाबी पिन उनले गरे।

‘संसदीय छानबिन समिति जुन बनेको छ त्यसलाई म सहज रुपमा लिन्छु। सहमतिमा छानबिन समिति बन्यो। तर, अहिले राजनीतिक पूर्वाग्राह राख्ने काम भयो,’ उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन। छानबिन समिति बनेको छ। समितिले छानबिन गरोस्।’

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्