Kathmandu Press

जनार्दन शर्माले अर्थमन्त्रीबाट दिए राजीनामा

बुधबार आफूमाथि लागेको आरोपका सम्बन्धमा संसदबाट जवाफ दिँदै अर्थमन्त्री शर्माले राजीनामा दिने घोषणा गरेका हुन्।
जनार्दन शर्माले अर्थमन्त्रीबाट दिए राजीनामा

काठमाडौं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

बुधबार आफूमाथि लागेको आरोपका सम्बन्धमा संसदबाट जवाफ दिँदै शर्माले राजीनामा दिने घोषणा गरेका हुन्। शर्माले आफूमाथि लागेको आरोपका सम्बन्धमा छानबिनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिने घोषणा गरेका हुन्। 

शर्मामाथि करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रयोग गरेको आरोप छ । त्यसमाथि छानबिन गर्नका लागि बुधबार नै संसदीय छानविन समिति गठन भइसकेको छ । शर्माले भने आफूले कुनैपनि अनैतिक काम नगरेको दाबी गरेका छन्। 

देश र जनताका लागि प्रतिवद्ध रहेको बताउँदै शर्माले आफूबाट राष्ट्रघात नभएको बताए । ‘छानबिनले ल्याएको सत्यतथ्यका अगाडि उपस्थित भएर फेरि आफ्ना विषयवस्तुहरुलाई, कामलाई अगाडि बढाउने प्रविद्धता व्यक्त गर्छु,’ राजीनामा घोषणा गर्दै शर्माले भने। 

उनले आफ्नो राजीनामा माग्ने सबैलाई धन्यवाद दिँदै आफूबाट कुनै गल्ती नभएको दोहोर्याएका छन्। 
 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्