Kathmandu Press

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडाैं, असार १२ : प्रतिनिधिसभाको आज (बुधबार) को बैठक सुरु भएको छ। संसद सचिवालयले एक सूचना जारी गरेर बिहान ११ बजेका लागि बोलाइएको बैठक...
प्रतिनिधिसभाको बैठक सुरु

काठमाडाैं, असार १२ : प्रतिनिधिसभाको आज (बुधबार) को बैठक सुरु भएको छ। 

संसद सचिवालयले एक सूचना जारी गरेर बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै अपराह्न २ बजेका लागि सारिएको जानकारी दिए पनि सो समयभन्दा दुई घन्टा ढिला गरी ४ बजे सुरु भएको हो।  

अर्थमन्त्री जनार्दन शर्माको सम्बोधन गर्ने तयारी गरेको सूचना पाएपिछ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि बैठकको समय हेरफेर गरिएको थियो।

आज शून्य र विशेष समय नरहने सभामुख अग्निप्रसाद सापकोटाले बताए।

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्