Kathmandu Press

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने, एमालेका चारजना रहने

काठमाडौं, असार २२ : अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ। सभामुख अग्नि सापकोटा, विभागीय मन्त्रीहरू र मुख्य...
अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने, एमालेका चारजना रहने

काठमाडौं, असार २२ : अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ। 

सभामुख अग्नि सापकोटा, विभागीय मन्त्रीहरू र मुख्य दलका सचेतकहरूबीच भएको बैठकले ११ समिति गठन गर्न सहमति जुटेको हो। 

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २/२ तथा जसपा, लोसपा र एकीकृत समाजवादीबाट १–१ जनाको सहभागिता रहनेछन्।

अहिले समितिमा दलहरुले नाम दिने कार्य भइरहेको कोको रहने भन्ने टुंगो लागिसकेको छैन।  

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गराएको र सो दिनको सिसिटिभी फुटेज मेट्न लगाएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्