निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले कार्यालय तोडफोड गरेको रेडक्रसकाे आरोप
काठमाडाैं, असार २२ : नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले अनधिकृत रुपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको...
काठमाडाैं, असार २२ : नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले अनधिकृत रुपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको छ।
बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले मंगबलबार तोडफोड गरेको आरोप लगाएका हुन्।
निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित नभएको भन्दै उनले रेडक्रसको साखलाई उच्च राख्न चाहेको बताए।
सरकारले जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष तिम्सिना अदालत गएका थिए।
उक्त सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ। सोसाइटीका अध्यक्ष नेपालले यस बिषयमा अदालतले गर्ने निर्णय मान्य हुने समेत बताए।
पत्रकार सम्मेलनमा रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताए।











