Kathmandu Press

नागरिकता विधेयकलाई अल्झाएर राखिएकाले नयाँ ल्याउनु सकारात्मक : महताे

काठमाडाैं, असार २२ : सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ।लोकतान्त्रक समाजवादी पार्टी (लाेसपा) का वरिष्ठ नेता राजेन्द्र...
नागरिकता विधेयकलाई अल्झाएर राखिएकाले नयाँ ल्याउनु सकारात्मक : महताे

काठमाडाैं, असार २२ : सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ।

लोकतान्त्रक समाजवादी पार्टी (लाेसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्री बालकृष्ण खाणले दिएको बताए।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै उनले लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाएर राखेकाले नयाँ विधेयक ल्याउनु सकारात्मक भएको बताए।

दलहरुबीच नागरिकताका विषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ विधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उनको भनाइ छ।

उनले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर पास गर्ने भन्ने सहमति भएको बताए।

यसअघि प्रतिनिधि सभामा करिव चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: १५:२५ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्