भक्तपुर र हेटौंडाका दुई जनामा हैजा देखियो, संक्रमितको संख्या २१ पुग्यो
भक्तपुरका संक्रमितको टेकु अस्पताल र हेटौंडाका संक्रमितको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ।
काठमाडौं, असार २२ : भक्तपुर र हेटौंडाका दुई जनामा हैजाको संक्रमण देखिएको छ ।
इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–४ दुवाकोटका एकजना र हेटौंडा नगरपालिकाका एकजनामा हैजाको संक्रमण पुष्टि भएको हो।
भक्तपुरका संक्रमितको टेकु अस्पताल र हेटौंडाका संक्रमितको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ।
योसँगै नेपालमा हैजा संक्रमितको संख्या २१ पुगेको छ। काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन्।
प्रकाशित मिति: १५:०७ बजे, बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











