बकर इदका असवरमा आउने आइतबार सार्वजनिक बिदा
काठमाडाैं, असार २२ : सरकारले बकर इदका असवरमा आउने आइतबार सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरूको...
काठमाडाैं, असार २२ : सरकारले बकर इदका असवरमा आउने आइतबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने जानकारी दिएको हो।
मुस्लिम आयोगबाट अनुरोध भई आएकाले साे बिदा दिइएकाे सूचनामा उल्लेख छ। यसपालि बकर इद आउने आइतबार परेकाे छ।
नेपाल राजपत्रमा मिति २०७८–११–२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व २०७९ असार २६ गते आइतबाररका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति: १४:३४ बजे, बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











