Kathmandu Press

अर्थमन्त्रीकाे राजीनामा या बर्खास्ती एमालेकाे बटमलाइन : याेगेश भट्टराई

काठमाडाैं, असार २२ : नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन्। बुधबार संसद भवन...
अर्थमन्त्रीकाे राजीनामा या बर्खास्ती एमालेकाे बटमलाइन : याेगेश भट्टराई

काठमाडाैं, असार २२ : नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन्। 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए।

उनले सरकारी डकुमेन्ट गायव बनाएको र सिसिटीभि फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे।

उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको अर्को माग गरेको उनको भनाइ छ। उनले छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।

त्यस्तै उनले सिसिटीभि फुटेजलाई मेटाउने अर्थ मन्त्रालयका अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। 

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्