Kathmandu Press

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्छ : खनाल

काठमाडाैं, असार २२ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताउनुभएको छ । बुधबार संसद भवन...
अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्छ : खनाल

काठमाडाैं, असार २२ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन्। 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले अर्थमन्त्रीका बिषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धीत पार्टी र स्वयं अर्थमन्त्रीले यस बिषयमा जवाफ दिनुपर्ने बताएका हुन्।

यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताए।

खनालले उक्त घटनाका विषयमा निष्पक्ष रुपमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने र बाहिर आएको विषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे। उनले अर्थ मन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटना घट्न थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरे।

खनालले सबै विषयको उचित समाधान निकालेर सदनलाई सहज रुपमा सञ्चालन गर्न दिने वातावरण बनाउनुपर्ने बताए।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्