Kathmandu Press

बाढीपहिराले २१ घर उच्च जोखिममा

काठमाडाैं, असार २२ : यहाँ बाढीपहिराले २१ घर उच्च जोखिममा परेको छ। क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ। वडाध्यक्ष मनलाल गुरुङले...
बाढीपहिराले २१ घर उच्च जोखिममा

लमजुङ असार २२ : लमजुङमा बाढीपहिराले २१ घर उच्च जोखिममा परेको छ। क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको हाे। 

वडाध्यक्ष मनलाल गुरुङले भने, '१५ गते ठूलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरु जोखिममा परेको छ।'

वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ। 'निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरु सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना छ,' उनले भने। 

पहिराले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ।

सो पश्चात् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङलगायतको टोलीले समेत अनुगमन गरेर गएको थियो। अनुगमनपश्चात् उनले दक्ष प्राविधिक ल्याएर पहिराको थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ।

यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरु भने त्रसित हुने गरेका छन्। उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन्।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्