Kathmandu Press

माओवादीको केन्द्रीय समिति बैठक फेरि स्थगित 

माओवादीको केन्द्रीय समिति बैठक फेरि स्थगित 

काठमाडौं, असार २२ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । मंगलबारका लागि तय भएको बैठक स्थगित गरि बुधबार बस्ने भनिएपनि आजको बैठक पनि स्थगित भएको हो। 

आज १ बजेदेखि बस्ने भनिएको बैठक भालि (बिहीबार) सम्मका लागि स्थगित गरिएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार शीर्ष नेताहरु प्रतिनिधि सभा बैठकमा सहभागी हुनुपर्ने कारण केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजेबाट बस्नेगरी स्थगित गरिएको हो। 

प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टीक पदाधिकारी र स्थायी कमिटी टुंगो लगाइने कार्यसूची थियो । तर संसदमा अर्थमन्त्री जनार्दन शर्माको विषय पेचिलो बनेपछि माओवादी केन्द्र संसदमा केन्द्रीत हुन लागेका हुन् । संसदमा अर्थमन्त्री शर्माले सम्बोधन गर्ने तयारी छ । माओवादी केन्द्रले यसबारेमा एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्