Kathmandu Press

प्रतिनिधिसभा बैठक २ बजेलाई सारियाे

काठमाडाैं, असार २२ : प्रतिनिधिसभाको आज (बुधबार) बस्ने भनिएको बैठकको समय हेरफेर गरिएको छ।संसद सचिवालयले एक सूचना जारी गरेर बिहान ११ बजेका लाििग...
प्रतिनिधिसभा बैठक २ बजेलाई सारियाे

काठमाडाैं, असार २२ : प्रतिनिधिसभाको आज (बुधबार) बस्ने भनिएको बैठकको समय हेरफेर गरिएको छ।

संसद सचिवालयले एक सूचना जारी गरेर बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै अपराह्न २ बजेका लागि सारिएको जानकारी दिएको छ।    

११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म पनि सुरु हुन नसकेपछि सूचना टाँसेर २ बजेसम्मका बैठक स्थगित गरिएको हो। 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचनामा विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने जानकारी दिएका छन्।   

अर्थमन्त्री जनार्दन शर्माको सम्बोधन गर्ने तयारी गरेको सूचना पाएपिछ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि बैठक निर्धारित समयमा बस्न नसकेको जनाइएको छ।

सभामुख अग्नि सापकोटाले बैठकअघि दलहरूसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरे पनि सम्भव नभएको जनाइएको छ।

 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्