प्रतिनिधि सभा बैठक अझै सुरु भएन
काठमाडौं, असार २२ : प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद सचिवालयले सार्वजनिक गरेको सूचनामा बिहान ११ बजेदेखि बैठक बस्ने भनिएपनि साढे...
काठमाडौं, असार २२ : प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
संसद सचिवालयले सार्वजनिक गरेको सूचनामा बिहान ११ बजेदेखि बैठक बस्ने भनिएपनि साढे १२ बजिसक्दा समेत संसद बैठक सुरु भएको छैन । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने निर्णय गरिसकेको छ । यसै विषयमा सहमतिका लागि एमालेसँग वार्ताको प्रयास भइरहेका कारण पनि प्रतिनिधि सभा बैठक बस्न ढिला भएको बताइएको छ।
उच्च स्रोतका अनुसार अर्थमन्त्री शर्माले संसदबाट राजीनामा घोषणा गर्ने तयारी गरेका छन् ।
प्रकाशित मिति: १२:३६ बजे, बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











