Kathmandu Press

अर्थमन्त्रीले राजीनामा नदिएसम्म नफर्किने भन्दै अर्थ सचिव बिदामा

काठमाडौं, असार २२ : अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।बजेट निर्माणका क्रममा अनिधिकृत रूपमा बाहिरका व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश दिएको भन्दै प्रश्न उठेपछि...
अर्थमन्त्रीले राजीनामा नदिएसम्म नफर्किने भन्दै अर्थ सचिव बिदामा

काठमाडौं, असार २२ : अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।

बजेट निर्माणका क्रममा अनिधिकृत रूपमा बाहिरका व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी अनिश्चितकालका लागि बसेको मन्त्रालयनिकट स्रोतले जनाएको छ।

बिदा बस्नुअघि उनले आज (बुधबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर र मुख्य सचिव शंकरदास वैरागीलाई टेलिफोन गरेर आफू बिदामा बस्ने जानकारी गराएको बताइएको छ। 

अर्थमन्त्रीको सचिवालयले भने पत्नी बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको बताएको छ।

अर्थ सचिव मरासिनीले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नआउने घोषणा गरेको पनि स्रोतको भनाइ छ। 

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेको छ। यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसदमा अर्थमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ।

बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिनको सिसीटिभी फुटेजसमेत मेटिएको सूचना सार्वजनिक भएपछि अर्थमन्त्री मात्र नभएर अर्थ मन्त्रालयमाथि व्यापक आलोचना भइरहेको छ। यस्तो बेलामा सचिव मरासिनीले लामो समय बिदा बस्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
 

प्रकाशित मिति: १२:१३ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्