Kathmandu Press

तनहुँमा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु

तनहुँ, कात्तिक २८ :  तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 

निर्माणाधीन जामुने स्वास्....

तनहुँमा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु

तनहुँ, कात्तिक २८ :  तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 

निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेका बेला करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। 

स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।  दुवैको शव दमौली अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्