रामेछाप बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
रामेछाप, असार २२ : रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै जनाको सनाखत गरिएको छ।मंगलबार बा ३ ख ८३९६ को बस...
रामेछाप, असार २२ : रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै जनाको सनाखत गरिएको छ।
मंगलबार बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु भएका १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रामेछापको सुनापति गाउँपालिका ५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ तथा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस दुर्घटनामा २३ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











