Kathmandu Press

माओवादी पदाधिकारी र स्थायी समिति टुंग्याउने तयारी

काठमाडौं, असार २२ : नेकपा (माओवादी केन्द्र)ले आज पदाधिकारी र स्थानीय समिति सदस्यको टुंगो लगाउने तयारी गरेको छ।तीन दिनदेखि जारी माओवादी केन्द्रीय समिति...
माओवादी पदाधिकारी र स्थायी समिति टुंग्याउने तयारी

काठमाडौं, असार २२ : नेकपा (माओवादी केन्द्र)ले आज पदाधिकारी र स्थानीय समिति सदस्यको टुंगो लगाउने तयारी गरेको छ।

तीन दिनदेखि जारी माओवादी केन्द्रीय समिति बैठक आज दिउसो १ बजे बस्दै छ। पदाधिकारी र स्थायी समिति सदस्यको टुंगो लगाउन मंगलबार केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो।

यस विषयमा सहमति जुटाउन मंगलबार माओवादीका पूर्व स्थायी समिति सदस्यको बैठक बसेको थियो। खुमलटारमा बसेको बैठकले पदाधिकारी र स्थायी समिति सदस्यको नाम प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

त्यसैका आधारमा आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी र स्थायी समिति सदस्यको नाम प्रस्ताव गर्ने तयारी गरेको जनाइएको छ।

माओवादीको आठौं अधिवेशन गत पुसमा सम्पन्न भएको थियो। त्यतिवेला अध्यक्ष र केन्द्रीय सदस्य मात्रै चयन भएको थिए। पदाधिकारी र स्थानीय समिति सदस्य चयन गर्न बाँकी छ।

प्रकाशित मिति: ०८:०१ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्