Kathmandu Press

चार प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं, असार २२ : मनसुनी वायुको प्रभावले आज बिहानैदेखि चार प्रदेशमा वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर...
चार प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं, असार २२ : मनसुनी वायुको प्रभावले आज बिहानैदेखि चार प्रदेशमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहानैदेखि देशभर सामान्य बदली रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा आज बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आँशिकदेखि सामान्य बदली रहने महाशाखाको अनुमान छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्