Kathmandu Press

सागमा पदक जित्ने खेलाडी पुरस्कृत

खोटाङ, असार २२ : दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ।दिक्तेलमा शुरु भएको किराँत राई खेलकुद संघको...
सागमा पदक जित्ने खेलाडी पुरस्कृत
फाइल फोटो

खोटाङ, असार २२ : दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ।

दिक्तेलमा शुरु भएको किराँत राई खेलकुद संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो। स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले बताए।

त्यस्तै, १३औं सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई (सुनसरी) र उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई (इलाम), स्क्वासमा कास्य पाउने भावना सुनुवार (रामेछाप), आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई (उदयपुर), बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) तथा १२औँ सागमा कबड्डीमा कास्य पाउने सम्झना राई (बारा) लाई सम्मान गरेको हो।

कबड्डीकी राईलाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किराँत राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट समेत १० हजार रुपैयाँ सहित सम्मान गरिएको छ। यस्तै मुआइथाई वर्ल्ड च्याम्पियन सञ्जयलाई पनि १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ।

विजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले नगद र सम्मानपत्र प्रदान गरेका थिए।

प्रकाशित मिति: ०६:४८ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्