Kathmandu Press

नेपाल र क्यानडाको पहिलो खेल बर्षाले रद्द, आज दोस्रो खेल

काठमाडौं, असार २२ : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ भने आज दोस्रो खेल हुनेछ।क्यानडाको किङ सिटी स्टेडियममा तय खेल...
नेपाल र क्यानडाको पहिलो खेल बर्षाले रद्द, आज दोस्रो खेल

काठमाडौं, असार २२ : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ भने आज दोस्रो खेल हुनेछ।

क्यानडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। लगातार वर्षा भएपछि टस समेत हुन पाएन।

दुई खेलको एकदिवसीय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुनेछ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तयारीका लागि नेपालले क्यानडासँग खेल्न लागेको हो।

त्यसपछि नेपाली टोली लिग–२ अन्तगर्त त्रिदेशीय श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ। त्यहाँ नेपालले स्कटल्यान्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: ०६:३८ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्