Kathmandu Press

पहिरोले पाँच परिवार विस्थापित, १४ घर उच्च जोखिममा

गलकोट, असार २२ : वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्।पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली...
पहिरोले पाँच परिवार विस्थापित, १४ घर उच्च जोखिममा

गलकोट, असार २२ : वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्।

पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

रेश गाउँका अन्य १४ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन्। अहिले स्थानीय बासिन्दाको सहयोगमा पहिरो हटाउने कार्य जारी प्रहरीले जनाएको छ।

काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ। उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ।

प्रकाशित मिति: ०६:२७ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्