हत्या आरोप लागेकी मेयर चलाउने सहित तीन जनामाथि चलेन मुद्दा
काठमाडौं, असार २१ : अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने लगायत ३ जनामाथि मुद्दा नचल्ने भएको छ ।प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका,...
काठमाडौं, असार २१ : अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने लगायत ३ जनामाथि मुद्दा नचल्ने भएको छ ।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
पन्चदेवल विनायक नगरपालिका(४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।
मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ भने, फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











