Kathmandu Press

हिमालयन बैंकले शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने

काठमाडौं, कात्तिक २८ : हिमालयन बैंकले आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिक....

हिमालयन बैंकले शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने

काठमाडौं, कात्तिक २८ : हिमालयन बैंकले आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५-७६ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो। 

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। 

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, कात्तिक २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्