Kathmandu Press

अश्लील शीर्षक राखी भिडियो प्रसारण गर्ने युट्युबर पक्राउ 

काठमाडौं, असार २१ : युट्युबमा अश्लिल शीर्षक राखि भिडियो प्रसारण गर्ने युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ घर भई काठमाडौंको वौद्ध बस्दै आएका...
अश्लील शीर्षक राखी भिडियो प्रसारण गर्ने युट्युबर पक्राउ 

काठमाडौं, असार २१ : युट्युबमा अश्लिल शीर्षक राखि भिडियो प्रसारण गर्ने युट्युबर पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ घर भई काठमाडौंको वौद्ध बस्दै आएका २२ वर्षीय प्रवेश लामा रहेका छन् । 

उनले फोर रियल टिभी नामक युट्युब च्यानलबाट प्रसारण गरेका भिडियोमा अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाएको भन्दै प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। 

ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नविन्द्र अर्यालका अनुसार लामालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको एसएसपी अर्यालले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्