बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडौं, असार २१ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आज दुई विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश...
काठमाडौं, असार २१ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आज दुई विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०७९र८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनगर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
बागमती प्रदेशसभाको असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए।
आव २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनगर्न बनेको विधेयकले राजस्व सङ्कलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अकिृधत प्रकाश चापागाईंले बताए।











