Kathmandu Press

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न संसदीय समितिको सुझाव 

काठमाडौं, असार २१ : सांसदहरुले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन...
उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न संसदीय समितिको सुझाव 

काठमाडौं, असार २१ : सांसदहरुले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव दिएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै अधिकांश सांसदहरुले यस्तो सुझाव दिएका हुन् । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्नुपर्ने उनीहरुको भनाई छ । 

बैठकमा माओवादीका केहि सांसदहरुले भने मुलुक सङ्घीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा  पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राखेका थिए । बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले  ललितपुर र भक्तपुरको सुरक्षाको जिम्मा संघले राख्ने व्यवस्था उचित रहेको बताइन्।

उनले मुलुकको राजधानी काठमाडौ उपत्यका भएकाले सुरक्षा संवेदनशिलतालाई संघीयतासंग जोडेर प्रदेशको अधिकार खोसियो भन्न नमिल्ने धारणा राखिन्। एमाले सांसद खगराज अधिकारीले विदेशी अपराधको सम्भावनालाई समेत ख्याल गरेर राजधानीको सुरक्षाको जिम्मा केन्द्रले जिम्मा लिनुपर्ने बताए। 
 
त्यस्तै माओवादी सांसद यशोदा सुवेदी गुरुङले प्रदेश प्रहरीको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्न नहुने बताए। उपत्यकाको सुरक्षाको विषय भनेर प्रदेशको अधिकार कटौती गर्न नहुने उनको भनाई छ । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन लागेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई मध्यनजर र भिभिआइपीको आगमनले पनि केन्द्रको सुरक्षा मजबुद बनाउनुपर्ने धारणा राखे।

त्यस्तै बैठकमा सांसदहरुले अध्यागमनको बिषयमा गम्भीर हुनुपर्ने र यस क्षेत्रको सुरक्षा प्रहरीलाई दिनुपर्ने धारणा राखेका थिए।

 

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्