Kathmandu Press

एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि, २० जना डिस्चार्ज 

काठमाडौं, असार २१ : नेपालमा एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनामा पीसीआर परीक्षण गर्दा...
एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि, २० जना डिस्चार्ज 

काठमाडौं, असार २१ : नेपालमा एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा र १ हजार १६८ जनामा एन्टीजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २० जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको मन्त्रालयले जानकारी दिएको छ । 

योसंगै नेपालका कोरोनाको कुल संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ७९ हजार ९०८ र एन्टीजेनतर्फ एक लाख ४० हजार ५३६ पुगेको छ।

हालसम्म ९ लाख ६७ हजार ५५ जना निको भएका छन् भने ११ हजार ९५२ को मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्