श्रीपेच प्रकरण : माफी माग्दै बालेनले वौद्ध धर्मगुरुलाई बुझाए मुकुट
काठमाडौं, असार २१ : हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को श्रीपेच विवादमा आएपछि निर्णायक बालेन साहले गल्ती स्वीकार गर्दै मुकुट फिर्ता गरेका छन् ।...
काठमाडौं, असार २१ : हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को श्रीपेच विवादमा आएपछि निर्णायक बालेन साहले गल्ती स्वीकार गर्दै मुकुट फिर्ता गरेका छन् । आइतबार सो का विजेता भाइबर साइमनसहित काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका बालेनले वौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन्।
काठमाडौंको ज्याठामा एक कार्यक्रम आयोजना भाइबर साइमन र बालेनले माफी माग्दै धर्मगुरुसमक्ष मुकुट बुझाएका हुन्। शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता दिइएको बताए ।
शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्याइदिएका थिए।रियालिटी शोमा मुकुट प्रयोग भएपछि सम्पदा अभियन्ता विरोधमा उत्रिएका थिए ।
बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।
याे पनि
नेपहपको श्रीपेचको ‘श्रीपेच’ विवादमा











