रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (नामसहित)
दुर्घटनास्थलमा ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।
काठमाडौं, असार २१ : रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनास्थलमा ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।
मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० बर्षिय ठूला तामाङ, सोही वडाका बर्ष ३६ का खड्ग बहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ बर्षिय कमल तामाङ, सोही वडाका बर्ष १८ का सुदिप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ बर्षिय विपना तामाङ रहेका छन् ।
त्यस्तै काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का बर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० बर्षिय तुलबहादुर विक रहेका छन् ।
अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ बर्षिय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ। एक जनाको भने सनाखत हुन बाँकी रहेको छ। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।
मंगलबार बिहान करिब सवा १० बजे रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिकामा–५ खाँडादेवीमा सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको थियो।











