सामुदायिक वन उपभोक्ता समितिले जलायो राजपत्र
काठमाडौं, असार २१ : सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली...
काठमाडौं, असार २१ : सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन्।

मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले नियमावलीको प्रति जलाएका हुन् । उनीहरुले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरि आएको, सामूदायिक वन सातौ कार्यशाला गोष्ठीको घोषणापत्र विपरित आएको र वन ऐन २०७६ समेत विपरितको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन्।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको बिषयमा महासंघले दिदै आएको सुझावको विपरित नियमावली आएको आरोप लगाए । संविधान बिपरित नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उनले बताए ।

उहाले सवै अधिकार संघीय सरकारले लिने गरि ल्याएको नियमावली कुनै हालतमा मान्य नहुने स्पष्ट पारे।











