Kathmandu Press

संखुवासभा सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास, जनही २ लाख क्षतिपूर्ति 

सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए।
संखुवासभा सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास, जनही २ लाख क्षतिपूर्ति 

काठमाडौं, असार २१ : जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्नमध्य चार जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका अनुसार सोमबार जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न रहेका चार जनालाई आजीवन कारावासको सजाय सुनाएको हो। 

सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए।

नाबालिग भएका कारण नरेशलाई भने २५ वर्षको दुई तिहाई १६ वर्षको जेल सजाय सुनाएको छ । नरेशबाहेक चार जनाबाट जनही २ लाखका दलरले क्षतिपुर्ती असुल गर्न समेत अदालतले आदेश दिएको छ।

गत वर्षको भदौ २२ गते संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९० वर्षीय वौद्ध बहादुर कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो। कार्कीकी ८४ वर्षीया श्रमती पार्वती कार्की, ५५ वर्षीय छोरा तेज कुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय पनाती दिपेन कार्की र ५ वर्षीया पनातिनी गोमा कार्कीको हत्या भएको थियो।

प्रहरीले २७ भदौमा लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनले नातामा काका पर्ने तेज कुमार कार्कीको मात्रै हत्या गर्ने योजना बनाएको तर हत्या गर्दै गर्दा परिवारका अन्य सदस्यहरुले पनि देखेपछि उनीहरुको पनि हत्या गर्नुपरेको वयान दिएका थिए। 

लोकबहादुरका भाई नरेशलाई भने प्रहरीले भदौ ३१ गते पक्राउ गरेको थियो। मृतक रञ्जनाको मोबाइल फोन नरेशसँग भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्