गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, असार २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्। मंगलबार गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको कोईरालाकोे शालिक...
काठमाडौं, असार २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।
मंगलबार गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको कोईरालाकोे शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र पनि समस्या हुने गरेको भन्दै बिभिन्न पार्टी मिलेर बनेको गठबन्धनभित्रको समस्या हुनु स्वभाविक भएको बताएका हुन्।
त्यस्तै प्रधानमन्त्री देउवाले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजा प्रसाद कोईरालाले खेलेकोे भूमिकाको स्मरण गरे । कठिन राजनीतिक आरोह, अवरोह पार गरेर कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको समेत उनले बताए। प्रधानमन्त्री देउवाले कोइरालाले मजदूर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे। उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको स्मरण गरे।
त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए।











