विनोद शाही मृत्यु प्रकरण : अछामको मंगलसेन निषेधित क्षेत्र घोषणा
काठमाडौं, असार २१ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाही मृत्यु प्रकरणलाई लिएर स्थानीयले चर्को प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासनले मंगलसेन क्षेत्रमा...
काठमाडौं, असार २१ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाही मृत्यु प्रकरणलाई लिएर स्थानीयले चर्को प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासनले मंगलसेन क्षेत्रमा अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ।
प्रशासनले मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत, सरकारी वकिल कार्यालय बैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिक र कृषि ज्ञान केन्द्रको आसपासको क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन।
गत जेठमा विनोद शाही मृत भेटिएपछि मंगलसेनमा लामो समयदेखि तनाव हुँदै आएको छ।
आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सोमबार पनि मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।











