माओवादीको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं, असार २१ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । मंगलबार ११ बजे बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको...
काठमाडौं, असार २१ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
मंगलबार ११ बजे बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
स्थगित भएको बैठक भोलि (बुधबार) १ बजे बस्ने बताइएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि बैठक सुरु भएको हो । सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० पन्ने संक्षिप्त प्रतिवेदन पेस गरेका थिए ।
प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सोमबार केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आज केन्द्रीय सदस्यहरुको धारणामा प्रचण्डले जवाफ दिँदै बैठक समापन गर्ने कार्यसूची थियो । अब यो कार्यसूची बुधबारका लागि सरेको छ।
प्रकाशित मिति: १०:२४ बजे, मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











