Kathmandu Press

सानेपामा बस्दै नेपाली कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं, असार २१ : नेपाली कांग्रेसका पदाधिकारीको बैठक आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको छ।सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न...
सानेपामा बस्दै नेपाली कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं, असार २१ : नेपाली कांग्रेसका पदाधिकारीको बैठक आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको छ।

सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयसँगै भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिको बैठकका लागि अजेन्डा तय गरिने भएको छ। कांग्रेसले असार २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहको चुनावको समीक्षा हुने जनाएको छ। त्यस्तै, आगामी संघ र प्रदेशको चुनावको तयारीका विषयमा पनि छलफल हुने जनाइएको छ।

कांग्रेसमा सपभातिसहित १४ पदाधिकारी रहने व्यवस्था छ। कोषाध्यक्ष भने मनोनित हुन बाँकी छ। कोषाध्यक्ष पार्टी सभापतिले मनोनित गर्ने व्यवस्था छ।

 

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्