मुस्ताङमा इ-रेस प्रतियोगिता हुने
काठमाडौं, कात्तिक २८ : मुस्ताङमा विद्युतीय गाडीबाट चल्ने रेस (इ–रेस) प्रतियोगिता हुने भएको छ। सन् २०२१ को मे महिनामा मुस्ताङको ग्राभेल सडकम....

काठमाडौं, कात्तिक २८ : मुस्ताङमा विद्युतीय गाडीबाट चल्ने रेस (इ–रेस) प्रतियोगिता हुने भएको छ। सन् २०२१ को मे महिनामा मुस्ताङको ग्राभेल सडकमा उक्त प्रतियोगिता हुने आयोजकले जनाएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी आयोजक फर्मुला इ–च्याम्पियनसिपका संस्थापक अलेजेन्ड्रो अगागले करिब एक अर्ब लगानीमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार रेस प्रतियोगिताका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च आयोजकले नै गर्नेछ।
केही दिनअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र अगागले जोमसोममा रेस प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका थिए।
‘रेस प्रतियोगिताका लागि हामीले हिमाली जिल्लाको छनोट गर्न नेपालसहित भुटान र भारतमा समेत अध्ययन गरेका थियौं। तर प्रतियोगिताका लागि मुस्ताङ उपयुक्त लागेर छनोट गरेका हौं,’ उनले भने।
नेपालको पर्यटन प्रवद्र्धन, विद्युतीय गाडीको बजारीकरणसँगै विश्वभर वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले हिमाली क्षेत्रमा इ–रेस आयोजना गर्न लागिएको उनले बताए।
बिएमडब्लु, ज्यागुअर, निशान, महिन्द्रा, पेजियो लगायतको सहकार्यमा इ–रेसमा प्रयोग गरिने गाडी तयार गरिएको छ। प्रतियोगितामा १२ वटा टिमका करिव पाँच सय जनाले सहभागिता जनाउने छन् भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट एक सय जनाको सहभागिता रहने छ।
एक्सट्रेम इरेसमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले बताए। इ–रेसमा विभिन्न देशका उच्च पदाधिकारी, कलाकार लगायतको सहभागिता रहने आयोजकले जनाएको छ।
सन् २०१८ मा स्थापना भएको एक्स्ट्रेम–इको च्याम्पियनसिप आउँदो २०२१ बाट पाँच स्थानमा आयोजना हुँदैछ। पाँच स्थानमध्ये नेपाल चौथो स्थानमा परेको छ।










-1754206481.jpg)
